कन्चनपुरको आम्खैरामा मोटरसाईकल दूर्घटना

२ को मृत्यु २ घाईते

असल शासन प्रतिनिधि

कन्चनपुर / कन्चनपुर जिल्ला कृष्णपुर नगरपालिकाको आम्खैरामा मोटरसाईकल दूर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।
पूर्ब पश्चिम राजमार्ग अन्तरगत पर्ने सडक खण्डमा दुई ओटा मोटरसाईकल एक आपसमा ठोक्कीएर बिहिबार राती भएको दूर्घटनामा मोटरसाईकल चालक दुबै जनामो मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कन्चनपुले दिएको जानकारी अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा से ६ प ३१६७ नम्बरको मोटरसाइकल चालक धनगढीको गोदावरी राइसमिल नजिक बस्ने २५ वर्षीय आशिष जोशी र सुप.प्र. ०१.००.७१५७ नम्बरको मोटरसाइकल चालक कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणीका ३५ वर्षीय जनक बोहराको रहेका छन् । दुर्घटनामा गम्भीर घाइते जोशीको धनगढीस्थित निशंर्ग अस्पताल र बोहराको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी कैलाली लम्कीचुहा नगरपालिकाका २३ वर्षीय निश्चल राठोर र अभिषेक चुनारा घाइते भएका छन् उनको धनगढीमा उपचार भईरहेको छ ।

  • २ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech