राष्ट्रिय अनुसन्धानका प्रहरीको हत्या

असल शासन प्रतिनिधि

नेपालगन्ज/राष्ट्रिय अनुसन्धान विभाग, बाँकेमा कार्यरत एक सिपाहीको हत्या भएको छ । सहायक सूचक (सिपाही) प्रवीण थापामगरको बिहीबार राति हत्या भएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८, कारकाँदो निवासी २७ वर्षीय प्रवीण शुक्रबार दिउँसो मृत फेला परेका थिए ।घटना स्थल ।

नेपालगन्जको कारकाँदो लग्दहवा स्थित मेरीगोल्ड स्कुलदेखि १०० मिटर पूर्वमा उनको शव फेला परेको हो ।

प्रवीण नेकपाका जिल्ला स्तरिय नेता डम्बर थापाको छोरा हुन् । युवा संघ बाँकेका पूर्व अध्यक्ष समेत रहेका थापाका उनी एक मात्र छोरा हुन् ।
नियोजित तवरले उनको हत्या गरेर शव फालिएको स्थानीयको आशंका रहेको छ ।

बिहीबार साँझ ५ बजे देखि कार्यालयको सम्पर्कमा नरहेका उनी राति अबेरसम्म घर नफर्किएपछि परिवारले उनको खोजी गरेका थिए । जानकारी अनुसार, रातिदेखिनैं प्रवीणको मोवाइल स्वीच अफ थियो ।

कारकाँदौ लग्दहवास्थित मेरी गोल्ड स्कुलमा शुक्रबार अपरान्ह तोरीबारीमा शव भेटिएको जानकारी पाएपछि प्रहरी टोली घटना स्थल पुगेको थियो । टोलीले शवको पहिचान गर्दा प्रवीणको शव भएको पुष्टि भएको थियो ।घटना स्थलको दृश्य ।

बाँके प्रहरी प्रमुख ओमबहादुर रानाका अनुसार, प्रारम्भिक अनुसन्धानबाट मृतकलाई काठको चिर्पट प्रहार गरी हत्या गरेको देखिन्छ । मृतकको टाउकोमा गम्भीर चोट लाग्नुका साथै शरिरमा निल डाम रहेका छन् ।

प्रहरीका अनुसार, मृतकको शुक्रबारनै भेरी अस्पतालमा पोष्टमार्टम गरिएको छ । प्रहरीले असुसन्धान टोली बनाई अनुसन्धान सरु गरेको जानकारी दिएको छ । प्रवीण चार वर्षदेखि अनुसन्धानमा कार्यरत रहेको बताइएको छ ।

  • २ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech