सुर्खेतले बाँकेलाई र साहरा एफसी लखनउले चन्दनाथ क्लबलाई हरायो

असल शासन प्रतिनिधि

नेपालगन्ज– बाँकेमा संचालन भइरहेको प्रथम स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगितामा गुर्वाकोट क्लब, सुर्खेत र साहरा एफसि, लखनउले विजयी सुरुवात गरेका छन् । जसकिसान स्पोर्टस क्लबको आयोजनामा जिल्लाको खजुरा गाउँपालिका–१, सैनिकमा जारी प्रतियोगिताको पाँचौदिनको पहिलो खेलमा शान्ति स्पोर्टस क्लब बाँकेलाई गुर्वाकोट क्लबले ०–२ गोलले हरायो । र दोस्रो खेलमा साहरा एफसी लखनउले चन्दनाथ क्लब जुम्लालाई ३–१ गोल अन्तरले हरायो ।

गुर्वाकोटका लागि धर्मेन्द्र थापाले २ गोल गरे । थापाले दोस्रो हाफको २२ र २८ मिनेटमा गोल गरे । लखनउका लागि जुवेर अलीले खेलको १० मिनेटमा पहिलो गोल गरे भने मोन्टी राजले खेलको १७ र दोस्रो हाफको ३० मिनेटमा गरी दुई गोल गरे । चन्दनात क्लबका लागि भने शौगात भण्डारीले दोस्रो हाफको ३ मिनेटमा गोल गरेका थिए । जय किसान स्पोर्ट्सले आयोजना गरेको फुटबल प्रतियोगिता माघ ९ गतेसम्म चल्ने छ । प्रतियोगितामा भारतीय दुई टिमसहित नेपालका विभिन्न क्लबहरु गरी १७ टिमले भाग लिएका छन् । नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजक जय किसान स्पोर्ट्स क्लब सैनिकका अध्यक्ष दीपु रानाले बताए । मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजक क्लबका महासचिव दीपक रानाले बताए । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।

  • २ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech