मण्टेश्वरीको बनभोज भ्यु टावरमा

असल शासन प्रतिनिधि

नेपालगन्ज/मण्टेश्वरी स्कुलहरुको छाता सँगठन मण्टेश्वरी एसोसिएसन नेपाल बाँकेले मैत्रीपुर्ण बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
माघि पर्वको अवसरमा शुक्रवार एसोसिएसनले कोहलपुरको भ्यु टावरमा बनभोज कार्यक्रम सम्पन्न गरेको हो ।
एसोसिएसनका कार्य समिति पदाधिकारी, सदस्य, एसोसिएसनमा आबद्ध स्कुल सम्वद्ध प्रिन्सिपल, कर्मचारीहरुको सहभागिता रहेको सो बनभोज कार्यक्रममा एसोसिएसनका सल्लाहकारद्धय बरिष्ठ पत्रकार पूर्णलाल चुके, गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष समेत रहेका बासका कार्यकारी निर्देशक नमस्कार शाह, सन नेपाल लाईफ ईन्स्योरेन्सका नेपालगञ्जका शाखा प्रबन्धक कमल शाही, पत्रकार पवन जायसवाल लगायतको उपस्थिती रहेको थियो ।
बनभोजमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथै सहभागिहरुले अनुभव आदान, प्रदान गरेको एसोसिएसनकी अध्यक्ष लुना बुढाथोकीले जानकारी दिईन् ।

  • २ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech