पूर्वमन्त्री  यादवको शोकमा माघ ४ गते सार्वजनिक बिदा

असल शासन प्रतिनिधि

नेपालगन्ज / पूर्व मन्त्री दिनेशचन्द्र यादवको निधनको शोकमा नरैनापुर गाँउपालिकाले एक दिन गाँउपालिकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
नरैनापुर गाँउपालिकामा आज बसेको गाँउ कार्यपालिकाको बैठकले आईतबार स्वर्गीय यादवको शोकमा सार्वजनिक विदा दिने निर्याय गरेको हो । गाँउपालिकाका उपाध्यक्ष जयन्ती देवि श्रीवास्तबद्धारा हस्ताक्षरित बिज्ञप्तीमा माघ ४ गते नरैनापुर गाउँपालिकाभित्रका आकस्मिक स्वास्थ्य सेवा बाहेक स्थानीय तहका सरकारी तथा गैरसरकारी संघसंस्था र विद्यालयहरुमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरिएको उल्लेख छ । बैठकले स्वर्गीय यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्तजनप्रति गहिरो समबेदना प्रकट गरेको छ ।
नरैनापुर गाउँपालिका वडा नम्बर २ निवासी यादव सबैको लोकप्रिय थिए। २०७० सालको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर २ बाट निर्वाचित उनले खानेपानी तथा सरसफाई राज्यमन्त्रीको जिम्मेवारी सम्हाली सकेका थिए। बिहिवार काठमाण्डौंमा निधन भएका यादब भूमी सम्बन्धि समस्या समाधान आयोगका सदस्य थिए ।

  • ३ माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech