सामुदायिक सेवा केन्द्रको अध्यक्षमा कार्की

असल शासन प्रतिनिधि

जाजरकोट / मालिका सामुदायिक सेवा केन्द्र जाजरकोटको अध्यक्षमा बिर्ख बहादुर कार्की चयन भएका छन् । केन्द्रको आज सम्पन्न १७औं साधारण सभाले अध्यक्षमा बिर्ख बहादुर कार्कि, उपाध्यक्षमा दिपक खनाल र बसुन्धरी नेपाली, सचिबमा बासुदेब शर्मा, सह–सचिबमा मोहन खडका र कोषाध्यक्षमा संगिता श्रेष्ठलाई चयन गरेको छ । यसैगरी केन्द्रको सदस्यमा क्रमशः रत्नराज हमाल, बल बहादुर बिश्वकर्मा, बलराम खड्का, बिमला खडका, जमुना पन्त र बिन्दु शाक्यलाई चयन गरेको छ ।
जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मन बहादुर रावलको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा जिल्ला स्थित शुरक्षा निकायका प्रमुख ,नागरिक समाज ,सेवा केन्द्रका आजिबन तथा साधारण सदस्यहरु लगायतको उपस्थिति रहेको नव निर्वाचित अध्यक्ष कार्कीले असल शासन डटकमलाई बताए ।

  • ३ माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech