सामुदायिक सेवा केन्द्रको अध्यक्षमा जोशी

असल शासन प्रतिनिधि

नेपालगन्ज / सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जको अध्यक्षमा दिपेन्द्र कुमार जोशी चयन भएका छन् ।

बि.स. २०५८ सालमा स्थापना भएको केन्द्रको शनिवार नेपालगन्जमा भएको आठौं साधारण सभा तथा अधिबेशनले जोशीलाई चयन गरेको हो ।

यसैगरी केन्द्रको उपाध्यक्षमा सन्जय थापा, चिपबमा विवेक श्रेष्ठ, सह सचिबमा माया गुरुङ्ग र कोषाध्यक्षमा श्याम शर्मा चयन भएका छन् ।

यसैगरी केन्द्रको सदस्यहरुमा क्रमशः हरिचन्द्र श्रेष्ठ, श्याम बहादुर केसी, रामप्यारे बर्मा, चोलराज श्रेष्ठ, जयदेव अवस्थी, नरेन्द्र श्रेष्ठ, मख्खनबहादुर धामी, सुरेन्द्र कुमार श्रेष्ठ, तारा कुमारी रोकाया, सरबर प्रसाई, सूर्य कुमार श्रेष्ठ, किसन गुरुङ्ग, इन्द्र कुमार गिरी र प्रदिप प्रसाद श्रेष्ठ चयन भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमसेर राणाले उद्घाटन गरेको कार्यक्रममा केन्द्रका अच्युत प्रसाई, कृष्ण प्रसाद श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष सुनिल सिंह हमाल लगायतको उपस्थिती रहेको थियो ।

साधारण सभामा संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो । संस्थापक अध्यक्ष अच्युत प्रसाईं, पूर्ब अध्यक्षहरु मधुसुदन रिजाल, गोपाल अधिकारी लगायतलाई कार्यक्रमका प्रमुख अतिथी नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणाले सम्मान गरेका थिए । यसै गरी कार्यक्रममा गैसस महासंघ नेपाल बाँके, माईती नेपाल, परिवर्तन समूह, सहारा हाउस लगायतलाई संस्थागतन सम्मान गरिएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्सेर राणाको प्रमुख आतिथ्यता तथा संस्थाकी अध्यक्ष शशी स्वारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

  • ३ माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech