नृत्यका माध्यमबाट उत्प्रेरणा

असल शासन प्रतिनिधि

नेपालगन्ज/नृत्यका माध्यमबाट उत्प्रेरणा कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ ।

कोरोना, कोरोना नियन्त्रणका लागि भएको लकडाउनबाट सृजित अवस्थामा सुधार ल्याउनका लागि शुरु गरिएको नृत्यका माध्यमबाट उत्प्रेरणा अभियान अन्तरगत सो कार्यक्रम शनिवार नेपालगञ्जमा सम्पन्न भएको हो ।

व्लाईण्ड रक्स काठमाण्डौं, एमएमएसडिको आयोजनामा शुरु भएको देशव्यापी अभियानलाई नेपालगञ्जमा बास र डेक नेपालले सघाएका थिए । बास र डेक नेपालको संयोजनामा स्थानीय स्वस्तिक कटेजमा भएको कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले कार्यक्रमबारे जानकारी दिदै स्वागत गरेका थिए ।

व्लाईण्ड रक्स काठमाण्डौंकी संस्थापक, उत्प्रेरक सृष्टि के.सी.ले उत्प्रेरणात्क प्रबचन दिएको कार्यक्रममा सृष्टि के.सी.सँगै चर्चित कोरियोग्राफर केशब थापा, शेखर घर्तीमगर, कलाकार यशोदा के.सी., टिकटक कलाकार दिपा श्रेष्ठ, दमन्ता श्रेष्ठले बिभिन्न गितहरुमा नृत्य प्रश्तुत गरेका थिए ।

कार्यक्रममा उत्प्रेरणात्क प्रबचन सँगै बिभिन्न गितहरुमा सहभागितात्मक नृत्य, नृत्य अभ्यासहरु गराईएको थियो । अभियानकी परिकल्पनाकार केसीका अनुसार, शारिरिक, मानसिक, भावानात्मक उत्प्रेरणा नृत्यका माध्यमबाट मात्र सम्भव हुने कुराको महसुसिकरण गरि नृत्यका माध्यमबाट उत्प्रेरणा कार्यक्रम शुरु गरिएको बताईन् ।

उनका अनुसार, काठमाण्डौंको अपाँग सेवा केन्द्र, सुनौलो संसार, छोरी संस्था, क्याप नेपाल, त्रिनेत्र फाउण्डेसन, हायर ग्राउण्ड नेपाल लगायतका ८ स्थानमा अपाँगता भएका, दृष्टि बिहिन, मानब बेचबिखनबाट पुर्नस्थापित, भुकम्प पीडित भएका व्यक्तिहरुको सहभागितामा अभियान सकेर अभियान टोली मोफसल बाहिर निस्केको थियो ।

टोलीले सुर्खेतका रामघाट स्थित शिखर मा.बि., ईत्राम स्थित दृष्टिबिहिन छात्राबास र साझा घर नेपालमा कार्यक्रम सकेर दैलेख जेसिजको समन्वयमा फुलवारी स्कुलमा कार्यक्रम सम्पन्न गरेको थियो ।

पश्चिम नेपालको कार्यक्रम पश्चात टोलीले पूर्बी जिल्लाहरुमा कार्यक्रम गर्नेछ, यो अभियानलाई देशैभर लैजाने योजना रहेको केसीले बताईन् ।
कार्यक्रममा चर्चित गायिक पूर्णकला बि.सी.ले बिभिन्न गितहरु गायर मनोरञ्जन प्रदान गरेकि थिईन् । कलिलै उमेर देखि गायन क्षेत्रमा सक्रिय पूर्णकला २०६५ साल देखि व्यवसायिक गायनमा संलग्न छिन् । मायालुको सहरमा, डाँडै बिसाउनी, निर्माया आउँछौ आउँदैनौ, दिल मेरो चोरी लग्यो पुलिस वालाले, हाम्रै हो लिपुलेक, हाम्रै हो कालापानी जस्ता चर्चित गितहरुकी गायिका उनले ५ हजार बढि गितहरुमा आवाज दिईसकेकि छिन् ।

बासकी साधारण सदस्य र बर्दिया शाखाकी पूर्ब सहसचिव समेत रहेकि उनलाई कार्यक्रममा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उनलाई बासका अध्यक्ष रमेश सिटौला, निबर्तमान अध्यक्ष मन भण्डारी, उपाध्यक्ष लुना बुढाथोकी, महासचिव शिब कुमार बर्मा, कार्यबाहक कोषाध्यक्ष दिला शाह, केन्द्रीय सदस्य खेम बिष्ट लगायतले सम्मान गरेका थिए ।

यसैगरी उत्प्रेरक सृष्टि के.सी. लगायतलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमको समापन बासका अध्यक्ष रमेश सिटौलाले गरेका थिए । कार्यक्रममा राष्ट्रिय अपााग महासंघ नेपालका संघिय सचिव भावकु जँग थापा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सय बढिको उपस्थिती रहेको थियो ।

 

  • ४ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech