२ सय महिलालाई सेनेटरी प्याड वितरण

असल शासन प्रतिनिधि

नेपालगन्ज– जानकी गाउँपालिका–३ करमोहनाका २ सय महिलालाई सेनेटरी प्याड वितरण गरिएको छ ।  पछिल्लो समय पकेट खर्च बचाएर चर्चामा आउन सफल बी योर सेल्फले उक्त सेनेटरी प्याड वितरण गरेको हो ।

प्याड वितरण कार्यक्रममा महिनावारीका बेला अपनाउनु पर्ने सावधानीका बारे जनचेतनामूलक नाटक र नृत्यसमेत प्रदर्शन गरिएको थियो । संस्थाका अध्यक्ष गौरव शाहका अनुसार नेपालगन्जका युवाहरुद्वारा स्वत:स्फुर्त रुपमा गठित संस्थाले यसअघि पकेट खर्च बचाएर संकलन भएको रकमले विपन्न तथा असहायहरुलाई खाना खुवाउने, भेरी अस्पतालमा रहेका कुपोषित बालबालिकालाई खेलौना दिने, वृद्धाश्रम र लकडाउनका कारण समस्यामा परेका घरपरिवारलाई सहयोग गर्नेलगायतका सामाजिक क्रियाकलापहरु गर्दै आएको छ ।

कोषाध्यक्ष प्रेक्षा केसीका अनुसार  युवाहरुले पकेट खर्चलगायत सहयोगी दातासँग पाएको सहयोग संकलन गरेर आवश्यकतामा परेकालाई सहयोग गर्दै आएको छ । सेनेटरी प्याड वितरणका लागि ए एण्ड बी ट्रेड सप्लायर्स, विनायक मेडिकल, शुभम् जनरल स्टोरलगायतले सहयोग गरेको उनले जानकारी दिइन् ।

कार्यक्रममा संस्थाकी उपाध्यक्ष अनुपा चौधरी, सचिव करण शाह, कोषाध्यक्ष प्रेक्षा केसी, पूर्व मिस नेपालगन्ज सुमन थापा, मधु योगीलगायतले सामग्री हस्तान्तरण गरेका थिए ।

  • ४ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech