सेमिफाइनलमा पुग्यो लखनउ र दाङ

असल शासन प्रतिनिधि

नेपालगन्ज–बाँकेमा जारी प्रथम स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा साहरा एफसि, लखनउ र एसएसएफए, दाङ पुगेका छन् । खजुरामा आइतबार संचालन भएको खेलमा साहराले धम्बोझी क्लब र एसएसएफएले साहरा एकेडेमीलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

जयकिसान स्पोर्ट्स क्लबले संचालन गरेको आइतबारको पहिलो प्रतियोगितामा साहरा एफसिले धम्बोझीलाई टाइबेकरमा ४–२ गोल अन्तरले हरायो । खेलमा दुवै समूहबाट १–१ गोल भएपछि प्रतियोगिता टाइबेकरमा गएको हो ।

खेलमा साहराका तर्फबाट मोन्टी राजले २९ मिनेटमा गोल गरेका थिए भने ७५ मिनेटमा धम्बोझीले पाएको पेलान्टी सुटआउटलाई राजेन्द्र रावलले गोलमा परिणत गरे । बराबरी भएपछि टाइबेकरमा धम्बोझीका दुई खेलाडीले गोल हान्न नसकेपछि साहराले अग्रता लिँयौ । टाइबेकरमा साहराका तर्फबाट सनवल राज, सन्जय सिंह, कमल थापा र जावेद खानले गोल गरे भने धम्बोझीका लागि मनिष पौडेल र राजेन्द्र रावलले गोल गरे ।

त्यसैगरी दोस्रो प्रतियोगितामा एसएसएफएले साहरा एकेडेमीलाई २–१ गलले हरायो । एसएसएफएका लागि ६ मिनेटमा सुरज डाँगीले पहिलो गोल गरेका थिए । एसएसएफएका लागि ७४ मिनेटमा थप १ गोल गर्दै अनिल केसीले साहरा एकेडेमीविरुद्धको खेल जिताए । साहरा एकेडेमीका लागि रोहित कुमारले १३ मिनेटमा गोल गरेका थिए । सोमबार हुने क्वाटरफाइन संस्करणको अन्तिम खेलमा जयकिसान क्लब ‘ए’ र गुर्भाकोट क्लब सुर्खेत भिड्नेछन् । जय किसानले आयोजना गरेको फुटबल प्रतियोगिता माघ ९ गतेसम्म चल्ने छ । प्रतियोगितामा भारतीय दुई टिमसहित नेपालका विभिन्न क्लबहरु गरी १७ टिमले भाग लिएका थिए । नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजक जय किसान स्पोर्ट्स क्लब सैनिकका अध्यक्ष दीपु रानाले बताए । मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजक क्लबका महासचिव दीपक रानाले बताए । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।

  • ४ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech