पाँच दिने उद्घोषण तालिम समापन

असल शासन प्रतिनिधि

नेपालगन्ज–बास खजुरा उपशाखाको आयोजनामा सञ्चालित पाँच दिने आधारभूत उद्घोषण तालिम समापन भएको छ । पौष २६ गतेदेखि खजुरा गाँउपालिका वडा नम्बर ३ मा सञ्चालित तालिम आइतबार समापन भएको हो ।
वडा नम्बर ३ का कार्यवाहक वडा अध्यक्ष दिल्लीराम आचार्यको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बोल्दै गाँउगाँउमा युवाहरुको क्षमता अभिवृद्धि गर्ने बासको अभियान युवाहरुको लागि निकै उपयोगी हुने बताए । उनले बासले गर्ने कार्यक्रममा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
तालिमका सहभागीलाई सिकेको सीपलाई प्रयोगमा ल्याउन बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले बोल्ने कुरा सबै ठाउँमा आवश्यक हुने भन्दै सिकेको सीपलाई प्रयोगमा ल्याउन अनुरोध गरे । कार्यक्रममा बोल्दै बासका कार्यकारी निर्देशक नमस्कार शाहले सिकेको सीपको व्यवहारिक रूपमा प्रयोग गर्न अनुरोध गरे । तालिमपश्चात् प्राप्त प्रमाणपत्र नै तालिम लिएको प्रमाण भएकोले त्यसलाई सही ठाँउ र सही रूपमा सदुपयोग गर्नु पर्नेमा उनको जोड थियो । तालिमको समापन कार्यक्रममा सहभागी घनश्याम चन्द फुलजहाँ खाँले प्रतिकृया मन्तव्य राखेका थिए ।
बास खजुरा उपशाखाका सचिब विनय यादवले सञ्चालन गरेको समापन कार्यक्रममा स्वागत उपशाखा सदस्य कौशी यादवले गरेका थिए भने तालिमको समापन बास खजुरा उपशाखाका अध्यक्ष अब्दुल अख्तर मियाले गरेका थिए ।

  • ४ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech