हावाबाट बिजुलीः कमलबजारको मुहार फेरियो

साबित्री गिरी

बिजुली बत्ती नहुँदा नेपालका धेरै बस्ती अन्धकारमय छन् । आगो र दियालोको उज्यालोमा रात काट्नुपर्ने बाध्यता अझै पनि छ । समयक्रमस“गै शोलारबाट बत्ती बाल्ने क्रम भने बढ्दै गएको छ । अछामको कमलबजार नगरपालिका पनि विगतमा यो समस्याबाट अछुतो रहेन । तर अहिले यहाँ अवस्था फेरिएको छ । झिलीमिली बिजुली बलेको छ । गाउँमा बिजुली नपुगेको भए बालबालिकाहरुले दियालो अथवा मट्टितेलबाट बाल्ने टुकी प्रयोग गरेर पढ्नु प¥थ्यो । तर अहिले उनीहरुलाई उज्यालोमा अध्ययन गर्ने सहज वातावरण छ । बिजुलीको उज्यालोमा उनीहरु रमाइरमाइ पढ्न पाएका छन् । मेनसा खड्काले अहिले उच्च शिक्षा हासिल गरिरहेकी छिन् । पहिला समयमा गृहकार्य गर्न नसकेको अनुभव सुनाउँदै खड्काले भनिन् , ‘अहिले इन्टरनेटबाट गुगलमा विषयबस्तु खोजेर अध्ययन गर्न पाएकी छु ।’
यहाँ बिद्युत प्रसारणको राष्ट्रिय लाइन पुगेको छैन । अनि यहा“ कुनै साना जलविद्युत आयोजना पनि निर्माण गरिएको छैन । तर पनि यहा“ बिजुलीको पहुँच छ । स्थानीय पवन बजगाईलाई हावाबाट बिजुली बाल्ने कुरा सुन्दा अचम्म लागेको थियो । जनश्रमदान गर्न जाँदा पनि समय कटाउन मात्र गए झंै लाग्थ्यो । तर अहिले उनी खुसी छन् । यस्तै अर्का स्थानीय दशरथ ढकाल भन्छन्,‘यो अभ्यासले पछिल्नो पुस्तालाई पनि सजिलो हुने भयो ।’ वायु ऊर्जा निर्माण समितिका अध्यक्ष बलबहादुर कुँवरले सबैसँग समन्वय र सहकार्य गरेर काम गर्दा सफल भइने बताए । बिजुली घरघरमा पु¥याउनका लागि स्थानीय स्तरबाट नेतृत्वदायी भूमिका निर्वाह गरेका कुँवर बिजुली बाल्ने सपना पूरा भएकोमा खुसी छन् । स्थानीय व्यापारी निर्पबहादुर बोहोराले हावाबाट बिजुली बलेपछि व्यापार गर्न पनि सजिलो भएको बताए । वायु ऊर्जाले कमलबजारको अहिले मुहार नै फेरिएको छ । हावाबाट निकालिएको बिजुलीले कमलबजारको पहिचान बेग्लै भएको छ ।

कसरी बल्यो हावाबाट बिजुली ?

हावाबाट बिजुली उत्पादन गर्नु एक वैज्ञानिक प्रविधि होे । वैकल्पिक ऊर्जा अन्तर्गत यहाँ हावाबाट बिजुली निकालिएको छ । २० किलोवाट हावाबाट र ११ किलोवाट सोलारबाट बिजुली उत्पादन गरिएको छ । पंखाको एउटा पाताले १० किलोवाटको बिद्युत निर्माण गर्न सक्छ । दुईवटा पाता २४ संै घण्टा घुमिरहन्छन् । अनि सँगै जोडिएको सोलार ऊर्जाले बिद्युत उत्पादनको क्षमता बढाउन सहयोग पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोग र स्थानीयको जनश्रमदान सहित एक करोड ८० लाख रुपैयाँमा बिद्युत सञ्चालनमा आएको हो । यो बिद्युत कमल बजार नगरपालिका वडा नम्बर १ र २ क्षेत्रका ४ सय ४७ घरपरिवारले प्रयोग गर्छन । यहाँ २०६६ सालबाट हावाबाट बिजुली निकाल्न परीक्षण सुरु गरियो । परीक्षणमै ४ वर्ष लाग्यो । त्यसपछि २०७३ सालबाट स्थानीयले हावाबाट निकालिएको बिजुली प्रयोग गर्न पाए । यसअघि सोलार प्यानलबाट सामान्य मोबाइल चार्ज र बत्ती बाल्न पाएका कमलबजारबासी हावाबाट बिजुली निकालेसँगै विद्युतीय उपकरण प्रयोग गर्न पाइरहेका छन् । घरघरमा टेलिभिजन छन् । अहिलेका बालबालिकालाई टुकी के हो भन्ने कुरा पनि थाहा छैन । बजेट प्राप्त हँुदैमा विकासका काम सफल हुँदैनन । त्यो बजेटलाई कसरी परिचालन गर्ने र दिगो बनाउने भन्ने कुरा महत्वपूर्ण हो । यस्ता काममा निरन्तर रूपमा बलबहादुर कुँवर र स्थानीयले देखाएको सक्रियता प्रशंसनीय छ । स्थानीयको एकता र सहकार्यले नै यस्ता कामहरु सफल भएको उदाहरण हो  ।

के छ सम्भावना ?

कमलबजार जस्तै नेपालका धेरै डाँडामा सिरसिर हावा चल्छ । त्यहीँ हावालाई बिजुलीमा रुपान्तरण गर्न सके बिजुली नभएको ठाउ“मा एउटा विकल्प हुन सक्छ । वायु ऊर्जाको प्रविधि कमल बजारमा जडान गरिएपछि यो प्रविधि अवलोकन गर्न आउनेहरु पनि बढेका छन् । यसले भविष्यमा पर्यटनको सम्भावना पनि बढाएको छ । नमुना कामको रूपमा हेरिएको हावाबाट निकालिएको बिजुलीलाई घरसम्म पुगेपछि सम्भावनाका बाटाहरु फराकिला भएका हुन् । अहिले स्थानीयले हावाबाट प्राप्त बिजुली उज्यालोको लागि मात्र प्रयोग गर्न सकेका छन् । भविष्यमा यसको क्षमता वृद्धि गरेर कुनै उद्योग स्थापना गर्न सके त्यस क्षेत्रका स्थानीयको आर्थिकस्तर माथि उकास्न सकिने देखिन्छ । यसले आयआर्जनको दीर्घकालीन बाटो पनि पहिल्याउँछ ।  अछामको कमल बजार नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष तेजबहादुर बिष्टले यो प्रविधिको क्षमता बिस्तारका लागि योजनाबद्ध रूपमा काम गरिरहेको बताए ।

  • ४ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech