मालपोतमा सेवाग्राहीहरुको धर्ना

असल शासन प्रतिनिधि

नेपालगन्ज / मालपोत कार्यालय बाँकेमा भ्रष्टाचार भएको भन्दै सेवाग्राही धर्नामा बसेका छन् ।

कार्यालयमा कर्मचारीले घुस विना कुनै पनि काम नगरेको भन्दै विरोध स्वरुप सेवाग्राही धर्नामा बसेका हुन ।

नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रका अध्यक्ष मो. शेर वागवान सोमबार सेवा लिन कार्यालय जाँदा ढिलासुस्ति भएको, ढिलासुस्तिको कारण खोज्दै जादा आफै सँग कर्मचारीले घुस मागेको बताए ।

घुस मागेको बारे निमित्त कार्यालय प्रमुख अमर राज सेजुवालसँग गुनासो गर्दा उनले पनि कर्मचारीलाई मिलाउनुस् भनेपछि आफूहरु विरोधमा उत्रिएको वागवानले बताए । वागवान सहित महिला अधिकारकर्मी रुबि खान लगायत सेवाग्राहीहरु मालपोतको मूल गेटमा सोमबार दिउसो देखि धर्ना बसेका छन् ।

उनीहरुले भ्रष्टाचार बिरुद्ध नारावाजी गर्नुका साथै भ्रष्टाचार बिरुद्ध प्लेकार्ड बोकेर बसेका छन् । भ्रष्टाचार बिरुद्ध कार्यालय प्रमुख बाट प्रतिबद्धता नआए सम्म विरोधको कार्यक्रम जारी रहने उनीहरुले बताएका छन् ।

 

  • ५ माघ २०७७, सोमबार प्रकाशित

  • Nabintech