९३ औं खगेन्द्र जन्मजयन्तीमा सहयोग प्रदान

असल शासन प्रतिनिधि

नेपालगन्ज– नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका संस्थापक अध्यक्ष खगेन्द्रबहादुर बस्नेतको ९३ औं जन्मजयन्तीका अवसरमा अपाङ्गता भएका व्यक्तिलाई सहयोग प्रदान गरिएको छ । कार्यक्रममा चारजना अपाङ्गता भएका व्यक्तिलाई १, १ थान ब्ल्याङ्केट सहयोग प्रदान गरिएको हो ।
नेपालगन्ज वडा नम्बर २० का बौद्धिक अपाङ्ग लक्ष्मी शाही, नेपालगन्ज ११ का दृष्टिविहीन शिव ठठेर, नेपालगन्ज २० की शारीरिक अपाङ्गता मनकुमारी नेपाली र नेपालगन्ज १८ का शारीरिक अपाङ्गता भएका महेश काँदुलाई उक्त सहयोग गरिएको हो ।
अपाङ्गग संघ खगेन्द्र नवजीवन केन्द्रका केन्द्रीय उपाध्यक्ष चन्द्रप्रसाद तिमिल्सिना, केन्द्रीय सदस्य भावुकजंग थापा, प्रभाकर भट्टराई र सुष्मा विकले उक्त सहयोग प्रदान गरेका हुन् । यसरी सहयोग गरिँदा कार्यक्रममा संस्थापक अध्यक्ष स्वर्गीय खगेन्द्रबहादुर बस्नेतको व्यक्तित्वबारे चर्चा गरिएको थियो । बस्नेतको सम्झनामा एक मिनेट मौन धारण गर्नुका साथै तस्बिरमा माल्यार्पणका साथै अबिर अर्पण गरिएको थियो ।


कार्यक्रममा बोल्दै नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका केन्द्रीय उपाध्यक्ष चन्द्रप्रसाद तिमिल्सिनाले आफू अशक्त भए पनि बस्नेतले २०२६ सालमा अपाङ्गता हकहितका लागि नेपालकै पहिलो संस्था स्थापना गरेको बताए । उनको योगदानको कदर गर्दै पछि गएर उनकै नाममा संस्थाको नामाकरण गरिएको तिमिस्सिनाले बताए ।
शाखाका सचिव नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता बाँके शाखाका सभापति भोला सिंह हमालले गरेका थिए ।

  • ६ माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech