सुर्खेतलाई हरायो जयकिसानले

असल शासन प्रतिनिधि

नेपालगन्ज– जयकिसान स्पोर्टस क्लबको आयोजना बाँकेको सैनिकमा संचालन भएको प्रथम स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा जयकिसान स्पोर्ट्स क्लब ‘ए’ ले गुर्भाकोट क्लब सुर्खेतमाथि विजयी प्राप्त गरेको छ । जयकिसानका लागि विक्रमसिंह ठकुरीको एकलौटी दुई गोलले आयोजकलाई सेमिफाइनलको यात्रा तय गराएको छ ।

सोमबार सञ्चालन भएको अन्तिम क्वाटरफाइनलमा ठकुरीले ३० मिनेट र ७४ मिनेटमा गोल गरेका हुन् । मंगलबारदेखि संचालन हुने सेमिफाइन खेलको अन्तिम चारमा जयकिसानसँगै, साहरा एफसि लखनउ, मसुरी एकेडेमी कैलाली र एफएफएसए दाङ पुगेका छन् । मंगलबार हुने पहिलो सेमिफाइनमा सहारा र मसुरी प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको अन्तिम फाइनल खेल माघ ९ हुनेछ । प्रतियोगितामा भारतीय दुई टिमसहित नेपालका विभिन्न क्लबहरु गरी १७ टिमले सहभागिता जनाएका थिए । नकआउटको आधारमा खेलाइएको खेलको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । खजुरा गाउँपालिका–१, मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजकले जनाएको छ । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ । क्याप्सन ः खेलमा प्रतिस्पर्धा गर्दै जयकिसान (निलो) र गुर्भाकोट (पहेँलो) का खेलाडी ।

  • ६ माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech