माघ ९ गते हिउँदे गाउँसभा

असल शासन प्रतिनिधि

नेपालगन्ज– नरैनापुर गाउँपालिकाले माघ ९ गते हिउँदे गाउँसभा गर्दैछ । गाउँसभामा चालू आर्थिक वर्षको बजेट र योजना संशोधन, पारित भएका ऐन, कानुन, कार्यविधि र मापदण्ड अनुमोदन, छुटफुट योजना समावेश, बेरुजु असुलउपरको प्रगतिलगायतको कार्यसूची रहेको उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले जानकारी दिइन् ।

त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न बनाउने एजेण्डा पनि गाउँसभामा प्रस्तुत गरिने प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुर व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाहले बताए । एम्बुलेन्स खरिद, आँखा उपचार केन्द्र र आकस्मिक कक्ष सञ्चालनका लागि उपकरण औजार खरिद तथा औषधि पसल सम्बन्धि विषय पनि कार्यसूचीमा रहेको उपाध्यक्ष श्रीवास्तवले बताइन् ।

  • ६ माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech