आफन्तीबाटै १६ वर्षीया किशोरी बलात्कृत !

असल शासन प्रतिनिधि

बैतडी– १६ वर्षीया एक किशोरी आफन्तीबाटै बलात्कृत भएकी छिन् । जिल्लास्थित सिगास गाउँपालिकाकी उक्त किशोरी काका र हजुरबुबा नाता पर्नेबाट बलात्कृत भएकी हुन् । घटना केही समय अघिको भएको प्रहरीले जनाएको छ । किशोरीको १२ हप्ताको गर्भ रहेको खुलेपछि उनी बलात्कारमा परेको घरपरिवारले थाहा पाएपछि उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रासद अधिकारीले बताए ।

उपरीक्षक अधिकारीले दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताए ।

  • ६ माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech