राझाँमा प्रहरी पोष्ट भवन उद्घाटन

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० राझा चौकमा नव निर्मित प्रहरी पोष्ट भवको आज उद्घाटन भएको छ ।

वडा कार्यालयको दुई लाख र स्थानिय सहयोगी दाताहरुबाट संकलित चार लाख पचास हजार गरि जम्मा छ लाख पचास हजारको लागतमा सो भवन निर्माण गरिएको हो ।

यसरी संकलन भएको रकममा स्थानीय सुरेन्द्र भाटले ३२०००, डा.कुमार शान शाहले २०,००० सँगै अन्य २९ जना दाताहरुको सहयोगले भवन निर्माण सम्पन्न गरिएको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का अध्यक्ष कृष्ण कार्किले बताए । भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा बाँकेका प्रहरी प्रमुख ओम बहादुर रानाले जिल्लामा शान्ति सुरक्षा कायम राख्न २४सै घण्टा प्रहरी क्रियाशिल रहेको बताउदै, प्रहरीको बस्ने ब्यबस्थाको लागि भवन बनाउन सहयोग गर्ने सबै दाताहरु र सहयोगीमनको प्रसंशा गर्दै धन्यवाद दिए ।

उनले प्रहरी र स्थानिय जनताको सयुक्त प्रयार रहे मात्र शान्ति बहाल गर्न सकिने कुरामा भन्दै राझा पोष्टमा थप २ जना प्रहरी थप गर्ने प्रतिवद्धता जनाए । यसैगरी एचसिआरसी अस्पतालका प्रमुख डा.कुमार शान शाहले प्रहरी भवन निर्माण कार्यको लागि सहयोग गर्न पाउदा खुशी लागेको बताए । उनले राझाँ चौकमा सि.सि.क्यामेरा जडानका लागि ५,००० सहयोग गर्ने प्रतिबद्धता गरे ।

नेपालगञ्ज उपहमानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष कृष्ण कार्किको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सदस्य चक्र बहादुर बुढाले गरेका थिए ।
कार्यक्रममा प्रहरी प्रमुख ओम बहादुर राना, बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, कप्तान कृषि फर्मका सञ्चालक डा.कुमार शान शाह लगाएत बिभिन्न राजनितिक दलका प्रतिनिधि,संघ संस्थाका पदाधिकारी र स्थानियहरुको उपस्तिथि रहेको थियो ।

 

  • ७ माघ २०७७, बुधबार प्रकाशित

  • Nabintech