मधुवनमा हेल्प डेस्क

असल शासन प्रतिनिधि

बर्दिया / बर्दियाको मधुवन नगरपालिकामा नागरिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ ।
मधुवन नगरपालिका र बासको सहकार्यमा आज कक्ष स्थापना गरिएको हो ।
स्थापना गरिएको नागरिक सहायता कक्षको उद्घाटन नगरपालिकाका प्रमुख गणेश बहादुर क्षेत्री (कृष्ण) ले उद्घाटन गरेका छन् ।
सहायता कक्ष स्थापना गर्दै नगर प्रमुख क्षेत्रीले नागरिकहरुको सहजताका लागि सहायता कक्ष स्थापना गरेको बताए । उनले हेल्प डेस्कबाट सार्वजनिक सेवा प्रभावकारी हुने अपेक्षा राखे ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा प्रमुख प्रशासकि अधिकृत ओमकार शाह, बरिष्ठ कार्यक्रम अधिकृत पार्वति पण्डित, लेखा अधिकृत खिमराज पोख्रेल, बासका केन्द्रीय सचिव खुमेश सुवेदी, लेखा अधिकृत अनिल थापा मगर लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए ।

  • ७ माघ २०७७, बुधबार प्रकाशित

  • Nabintech