श्याम थापा स्मृति फुटबल प्रतियोगिताः आयोजक जयकिसान र मसुरिया फाइनलमा

खजुरा गाउँपालिका–१, मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्लाको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजकले जनाएको छ ।

असल शासन प्रतिनिधि

नेपालगन्ज–आयोजक जयकिसान स्पोर्टस क्लब ‘ए’ ले एफएफएसए दाङलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । जयकिसान स्पोर्टस क्लबले आयोजनामा बाँकेमा सञ्चालन भइरहेको स्वार्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनमा जयकिसानले दाङलाई हराउँदै उपाधिको नजिक पुगेको हो ।

जयकिसानले दाङलाई १–० ले हरायो । जयकिसानका विनोद केसीले १२ मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो । अब उपाधिका लागि जयकिसान र मसुरिया एकेडेमी, कैलालीबीच प्रतिस्पर्धा हुनेछ । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीले सहारा एफसी, लखनउलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो । प्रतियोगिताको फाइनल खेल आगामी शुक्रबार हुनेछ ।

खेलको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । खजुरा गाउँपालिका–१, मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्लाको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजकले जनाएको छ । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।

  • ७ माघ २०७७, बुधबार प्रकाशित

  • Nabintech