मानव अधिकार आयोगका नक्कली अध्यक्ष पक्राउ

असल शासन प्रतिनिधि

काठमाडौं- अमेरिका पठाइदिन्छु भन्दै आफूलाई राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष बताउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभा पाँचखपन गाउँपालिका–५ का ६० वर्षीय तुलसी थापालाई प्रहरीले पक्राउ गरेको हो ।

हाल मित्रपार्क, चाबहिल बस्दै आएका थापाले ५ वर्षको मल्टिपल भिसा लगाइ दिने भन्दै एक व्यक्तिसँग १५ लाख रुपैयाँ ठगी गरेका थिए । थापाविरुद्ध उजुरी परेपछि महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको दरबारमार्गबाट उनलाई पक्राउ गरेको हो । थापालाई ठगी मुद्दामा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको छ।

  • ७ माघ २०७७, बुधबार प्रकाशित

  • Nabintech