नरैनापुरमा वयष्क जरायो र चित्तल मृत भेटिए

नरैनापुर क्षेत्रमा बन्यजन्तु चोरी सिकारी गर्ने गिरोह सक्रिय

शुद्ध प्रसाद चौधरी

नेपालगन्ज / बाँकेको राप्तीपारी सुईयामा जंगली जनावर चोरी सिकारी गर्ने गिरोहले मारेको अवस्थामा दुईवटा जनावर सुईया रेन्ज पोष्टले फेला पारेको छ ।
सुईयाको खेतमा आज बयष्क जरायो घाटिकाटेको अवस्थामा रेन्जपोष्ट सुईयाले फेला पारेको हो । जरायो मारेर घाँटी काट्दै गरेको अवस्थामा रेन्ज पोष्टका कर्मचारीहरुले सूचना पाएपछि शिकारी गर्ने गिरोहको पिछा गर्दा जरायोलाई छाडेर भागेको जिल्ला बन कार्यालयले जनाएको छ । करिब ४५ किलो बराबरको जरायो फेलापारेपछि रेन्जपोष्टले मरेको जरायोलाई जिल्ला वन कार्यालय पठाएको छ । यसरी जिल्ला बन कार्यालयमा ल्याएको सो बन्यजन्तुलाई जिल्ला बन परिसरमा वडा नम्बर १० का सदस्य नर बहादुर बिष्ट लगायतको रोहबरमा गाड्ने तयारी भईरहेको छ ।
यसैगरी आज नै नरैनापुर गाँउपालिका वडा नम्बर ५ मटेहिया स्थित जंगलमा मरेको अवस्थामा चित्तल फेला पारेको छ । यसरी फेला पारेको चित्तललाई जिल्ला बन कार्यालय नेपालगन्जमा ल्याएर गाड्ने तयारी भईरहेको छ । सो चित्तलाई समेत बन्यजन्तु चोरी सिकारी गर्ने गिरोहले मारेको हुनसक्ने बनको आशंकाछ ।

दिनहुजसो सुईया क्षेत्रमा बन्यजन्तुको खुल्लम खुल्ला चोरी सिकारी भईरहेका घट्ना बाहिर आएको अवस्थामा भेटिएको मृत जरायो र चित्तलले सो क्षेत्रका बन्यजन्तुहरु शिकारी गर्ने गिरोहबाट असुरक्षित रहेको देखाएको छ । यसरी सक्रिय गिरोहको पहिचान गरि बन र बन्यजन्तुको सुरक्षामा थप सक्रियता जरुरी देखिन्छ ।

  • ९ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech