इन्स्पाइरिङको २०१औं श्रृङ्खलामा एसपी राना

असल शासन प्रतिनिधि

नेपालगन्ज / हरेक नागरिक विना बर्दिको प्रहरी भएकाले समाजमा हुने अपराध नियन्त्रणमा प्रहरीलाई सहयोग गर्न बाँकेका प्रहरी प्रमुख ओम रानाले अपिल गरेका छन् ।

बासको युवा लक्षित कार्यक्रम इन्स्पाइरिङ्ग युथको आज सम्पन्न २०१औं श्रृखलामा आफ्नो उत्प्रेरणा मन्तब्य राख्दै युवाहरुमाझ प्रहरी प्रमुख रानाले यस्तो अपिल गरेका हुन् । बाँके जिल्लामा लागु औषध दूब्यसनि, सवारी दूर्घटना, सामाजिक सञ्जालको गलत प्रयोगले अधिकांस घट्नाहरु भईरहेको भन्दै त्यसको नियन्त्रणका लागि युवाहरुले अग्रसरता देखाउनुपर्नेमा उनको जोड थियो । नेपालमा घट्ने हरेक अपराधमा युवाहरुको संलग्नता बढ्दो रहेकाले युवा स्वंले सजग र सतेतना अपनाउनु आवश्यक रहेको उनको भनाई थियो ।

युवाहरुलाई उत्प्रेरणा प्रदान गर्ने क्रममा प्रमुख रानाले आफ्नो बाल्यकाल, शिक्षा र सरकारी सेवामा काम गर्दाको अनुभव सुनाएका थिए । ब्यक्ति जति लड्छ उती सिक्छ भन्दै उनले जिवनमा आउने हरेक चुनौतीको सामना गरी अगाडी बढ्न युवालाई अनुरोध गरे । जिवनको लक्ष्य राम्रो र नराम्रो पहिचान गरि मेहेनतका साथ अगाडी बढेमा अवश्य पुरा हुने उनको भनाई थियो ।

झण्डै एक घण्टाको उत्प्रेरणात्मक अनुभव पश्चात सहभागि युवाले विभिन्न प्रश्न तथा जिज्ञासा राखेका थिए जसको जवाफ प्रहरी प्रमुख रानाले दिएका थिए । हरेक युवाले आफु आफ्नो परिवार र समाजको सुरक्षाको बारेमा चिन्तित भई सकारात्मक सोचका साथ अगाडी बढेमा समाजमा शान्ति शुब्यवस्था कायम हुनेमा उनको जोड थिए । कुनै घट्ना घटेमा तत्काल प्रहरीलाई खबर गर्न उनले सबैलाई अनुरोध गरे ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा ४० बढी युवाहरुको सहभागिता रहेको थियो । बासले साप्ताहीक रुपमा इन्स्पाइरिङ्ग युथ कार्यक्रम गर्दै आएको छ ।

  • ९ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech