घोडापालक समुदायका बालबालिकालाई हाइजेनिक किड्स

असल शासन प्रतिनिधि

नेपालगन्ज / आशा र सकारात्मक दृष्टिकोणलाई बढवा दिने उद्धेश्यले क्रियाशिल अप्टिमिस्ट क्लव अफ नेपालगञ्जले गिरब तथा बिपन्न वालवालिकालाई हाईजेनिक किट्स वितरण गरेको छ ।
बाँकेको डुडुवा गाऊपालिका वडा नम्बर ६, सुब्बापुर्वा स्थित घोडापालक समुदायका १०१ जना गरिव तथा बिपन्न बालबालिकाहरुलाई सो किट्स वितरण गरेको हो ।
सो समुदायका ब्यक्तिहरु घोडा तथा खच्चड पालन गरि स्थानिय ईट्टा भट्टामा ढुवानी गर्दै, जिबन गुजारा गर्दै आएका छन् । आर्थिक बिपन्नता र गरिबिको चरम सिमाको सामना गरिरहेता पनि उनीहरुको बालबालिकाहरुको संख्या बढीछ । वालवालिकाहरुको सरसफाई लाई ध्यानदिन मद्दत पुग्ने तथा जनचेतना अभिबृद्धि हुने विश्वासका साथ हाईजेनिक किटस् वितरण गरेको अप्टीमिष्ट क्लबले जनाएको छ ।
आशावादको दर्शनलाई बिस्तार र बिकास गर्ने, असल सरकार र नागरिक मामिलाहरूमा आम नागरिकको सक्रियता अभिबृद्धि गर्ने, कानुनको सम्मान गर्ने, मित्रताको बिकास गर्ने, युवाहरुलाई प्रोत्साहन गर्ने, मानवताको भावनको बिकास गर्ने, आत्मनिर्भर समुदायका लागि काम गर्ने उद्धेश्यका साथ क्लबले काम गर्दै आएको छ । अप्टिमिस्ट क्लबमा आवद्ध सदस्यहरुले स्वयमसेवी भावना राखि आर्थिक स्रोत ब्यबस्थापन गरि सामाग्री वितरण गरेको हो ।


नेपालमा १७ औं शाखाको रुपमा स्थापित अप्टिमिस्ट क्लब अफ नेपालगञ्जका अध्यक्ष रमेश सिटौला, सचिब कमल शाही, निर्देशक कुमार अधिकारी, सदस्यहरु डा. रोमा बोरा, मधुसुधन अधिकारी, रेखा श्रेष्ठ, के.पी घिमिरे, हंष बहादुर शाही, दिला शाह, गिता खत्रि सहितको समुह स्थानिय घोडापालक समुदाय रहेको सुब्बापुर्वामा पुगी किड्स बितरण गरेको क्लबका उपाध्यक्ष नमस्कार शाहले बताए।
क्लबका सचिब कमल शाहीले सञ्चालन गरेको वितरण कार्यक्रमका डुडुवा गाँउपालिका वडा नम्बर ६ का अध्यक्ष मोहन राम मिश्राको उपस्थिती रहेको थियो । कार्यक्रम एनिमल नेपालको समन्वयमा सम्पन्न भएको थियो ।

  • ९ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech