स्वार्गीय श्याम थापा फुटबल उपाधि आयोजकको पोल्टामा

असल शासन प्रतिनिधि

नेपालगन्ज–जयकिसान स्पोर्ट्स क्बलको आयोजनामा सञ्लचालन भएको स्वार्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको उपाधि जयकिसान स्पोर्टस क्लब ‘ए’ ले जितेको छ । प्रतियोगिताको फाइनल खेलमा मसुरिया फुटबल एकेडेमीलाई २–० ले हराउँदै जयकिसनले उपाधि उचालेको हो । उपाधिका लागि जयकिसान स्पोर्टस क्लबका खेलाडी बिक्रमसिंह ठकुरीले दुई गोल गरे उनले खेलको ३७ र ५९ मिनेटमा गोल गरेका हुन् । उपाधि उचालेको जयकिसानले नगद एकलाख पाँच हजार रुपैयाँसहित ट्रफी पाएको छ ।

त्यसैगरी उपविजेता बनेको मसुरिया एकेडेमीले नगद ५५ हजार रुपैयाँ पायो । प्रतियोगितामा विधागत उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि नगद तथा मेडलले सम्मान गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीका रुपमा मसुरिया एकेडेमीका दिवस बोहोरा सम्मानित भए । त्यसैगरी उत्कृष्ट गोलकिपरमा जयकिसानका सुजित विसी र सर्वाधिक गोलकर्ता पनि जयकिसानका बिक्रमसिंह ठकुरी बने ।

खेलाडी तथा टिमलाई बाँके बर्दिय मैत्री समाजका संरक्षक दीपक शाही, लुम्बिनी प्रदेश फुटबल संघका अध्यक्ष भुपेन्द्रविक्रम थापा ‘पुकार’ एवम् क्लबका अध्यक्ष दीपु रानालगायतले सम्मान गरेका थिए । मैटहवा माविको फुटबल मैदान सम्पन्न भएको प्रतियोगिता भारतीय दुई टिमसहित १७ फुटबल टिमले सहभागिता जनाएका थिए । प्रतियोगितामा बाँके बर्दिया मैत्री समाज जापानको मुख्य प्रायोजन रहेको थियो ।

  • ९ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech