बाँकेमा ‘नक्कली लाइसेन्स’ बनाउने पक्राउ

पसल सञ्चालकले स्मार्ट ड्राइभिङ लाइसेन्स प्रतिव्यक्ति ५ हजार रुपैयाँ लिएर बनाउँदै आएको खुलासा भएको छ ।

असल शासन प्रतिनिधि

नेपालगन्ज– बाँकेमा ‘नक्कली लाइसेन्स’ बनाउने एक व्यापारी पक्राउ परेका छन् । त्रिभुवनचोकमा रहेको पुरानो टाङ्गा स्टेशनस्थित फेवा फोटोकपी तथा मोबाइल रिपेयरिङ सेन्टरमा प्रहरीले छापा मारेर ‘नक्कली लाइसेन्स’ बनाउने पसल सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।

पसल सञ्चालकले स्मार्ट ड्राइभिङ लाइसेन्स प्रतिव्यक्ति ५ हजार रुपैयाँ लिएर बनाउँदै आएको खुलासा भएको छ । लाइसेन्स चेकका क्रममा आशंका लागेपछि नक्कली लाइसेन्सधारी एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा वडा प्रहरी कार्यालयको टोलीलाई ती व्यक्तिले उक्त पसलबाट लाइसेन्स लिएको बताएपछि सञ्चालक पक्राउ परेका हुन् ।  घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी सुवास खड्काले बताए ।

  • १० माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech