रुकुममा बम डिस्पोज

असल शासन प्रतिनिधि

रुकुम पश्चिम–राप्ती राजमार्गको रुकुम पश्चिम खण्डमा फेला परेको प्रेसर कुकर बम डिस्पोज गरिएको छ ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ को डाँगीमोड नजिकै बिच सडकमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्वारा डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

ची सडकमा राखिएको उक्त प्रेसर कुकर बममा खतरा भनेर जनाउ गरिएको थियो । आफ्ना केन्द्रीय नेता पक्राउको विरोधमा शनिबार नेपाल बन्दको आह्वान गरेको विप्लव समूहले उक्त बम राखेको जनाएका छ ।

  • १० माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech