सिकिस्त बिरामीका लागि अधिकृत देवकाटाले गरे प्लाज्मा दान

असल शासन प्रतिनिधि

नेपालगन्ज– जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले प्लाज्मा दान गरेको छन् । कोरोना भाइरस संक्रमित सिकिस्त बिरामीका लागि देवकोटाले ओ पोजेटिभ रक्त समूहको प्लाज्मा दान गरेका हुन् ।

देवकोटाले बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला र बासका कार्यकारी निर्देशक एवम् गैर सरकारी महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहको रोहबरमा शनिबार प्लाज्मा दान गरेका छन् । उनले रक्त सञ्चार केन्द्र नेपालगन्जमा प्लाज्मा दान गरेका हुन् ।

कोरोना संक्रमणबाट निको भएका व्यक्तिले प्लाज्मा दान गरेर संक्रमणसँग लडिरहेका बिरामीहरूको जीवन रक्षा गर्न सक्ने बताउँदै देवकोटाले प्लाज्मा दान गर्न सबैलाई आह्वान गरेका छन् ।

  • १० माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech