बलात्कार आरोपमा वडाअध्यक्ष पक्राउ

असल शासन प्रतिनिधि

काठमाडौं– बलात्कार गरेको आरोपमा प्रहरीले वडा अध्यक्षलाई पक्राउ गरेको छ । रामेछाप मन्थली नगरपालिका वडा नम्बर १० का ५१ वर्षीय वडाध्यक्ष भरतबहादुर बोहरालाई ३३ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।

वडाध्यक्ष बोहराविरूद्ध चिनजानकी ३३ वर्षीया महिलाले गत सोमबार महानगरीय प्रहरी वृत्त, ठिमीमा जाहेरी दिएकी थिइन्। जाहेरीको आधारमा जिल्ला अदालत भक्तपुरबाट वडाध्यक्ष बोहराविरूद्ध पक्राउ पूर्जी जारी गरिएपछि शनिबार मन्थलीको चनखुबाट उनी पक्राउ परेका हुन् ।

  • १० माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech