सामाजिक अभियन्ता देवीदत्तद्वारा प्लाज्मा दान

असल शासन प्रतिनिधि

नेपालगन्ज–सामाजिक अभियन्ता देवीदत्त आचार्यले प्लाज्मा दान गरेका छन् । दाङ निवासी कोरोना संक्रमित बुद्धिराम चौधरीलाई आचार्यले प्लाज्मा दान गरेका हुन् ।
चौधरीलाई एबी पोजेटिभ रक्त समूहको प्लाज्मा चाहिएपछि आचार्यले रक्त सञ्चार केन्द्र नेपालगन्जमा प्लाज्मा दान गरेका छन् ।
२०५१ सालदेखि निरन्तर अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि अभियान सञ्चालन गर्दै आएका उनी हाल राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्ष पदमा कार्यरत छन् । आफूले जीवन रक्षाका लागि प्लाज्मा दान गर्न पाउँदा अत्यन्तै खुसी लागेको आचार्यले बताएका छन् ।
संक्रमणबाट निको भएकाले प्लाज्मा दान गर्दा कसैको जीवन रक्षा हुन्छ भने किन नगर्ने ? उनको प्रश्न रहेको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय सदस्यसमेत रहेका आचार्य अपाङ्गता अधिकार स्थापनाका लागि संघर्षरत छन् ।

  • ११ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech