सुर्खेतरोडमा कार दूर्घटना, चालक गम्भिर घाईते

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्जको कारकाँदौ स्थित सडक डिभिजन कार्यालय अगाडी कार दूर्घटना भएको छ ।

बा १८ च ६२८ नम्बरको सेतो रंगको कार सडकको डिभाईडरमा ठोकिएर दूर्घटना भएको हो ।

कार दुर्घटना भई चालक गम्भीर घाइते भएको देखेपछी पत्रकार जयनारायण शाहले प्रहरीलाई उद्दारकालागि प्रहरी प्रशासनलाई खवर गरेका थिए । उनका अनुसार खवर पश्चात वडा प्रहरी कार्यालयका प्रमुखको नेतृत्वमा खटिएको प्रहरी टोलीले घट्ना स्थल पुगी घाईतेको उद्धार गरिएको थियो । चालकलाई अस्पताल नपठाउन्जेलसम्म घट्ना स्थलमा नै रहेका पत्रकार शाहले चालकको नेपालगन्ज स्थित नर्सिङ्ग होममा उपचार भईरहेको बताएका छन् ।

प्रहरीले चालकको पहिचान नभईसकेको बताएको छ । प्रहरीका अनुसार, दुर्घटनाग्रस्त कारमा राजेन्द्र वाग्लेको सवारी साधन अनुमती पत्र भेटिएको प्रहरीले जनाएको छ । घाइते चालकको अवस्था गम्भीर रहेको प्रहरीको भनाई रहेको छ  ।

  • ११ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech