डुडुवामा व्हील चियर वितरण

डुडुवामा व्हील चियर वितरण

असल शासन प्रतिनिधि

डुडुवा– डुडुवा गाउँपालिकाका ज्येष्ठ नागरिक, असहाय, गरिब, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगले ग्रसित भई हिँड्डुल गर्न नसक्ने नागरिकलाई व्हील चियर वितरण गरिएको छ । गाउँपालिकाले ज्येष्ठ नागरिक तथा सामान्य हिँड्डुल गर्न नसक्ने नागरिकलाई घरभित्र तथा बाहिर आवतजावतमा सहजताका लागि व्हील चियर वितरण गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
डुडुवा गाउँपालिका वार्ड नंं ३ निवासी जागरानी जायसवाललाई आइतबार व्हील चियर प्रदान गरिएको छ । व्हील चियर प्राप्त गरेपछि हिँड्डुल गर्न निकै सहज भएको जागरानीका छोरा उदयराज जायसवालले बताए । उनका अनुसार घरमा आमालाई यताउता हिँड्डुल गराउन धेरै समस्या भएको बेला गाउँपालिकाले व्हील चियर उपलब्ध गराएपछि असहाय नागरिकलाई राहत मिलेको छ ।
गाउँपालिकाले अहिलेसम्म करिब ३५ जना ज्येष्ठ नागरिक तथा असहाय अपाङ्गलाई व्हील चियर उपलब्ध गराएको जनाएको छ । गाउँपालिकाले यस्ता नागरिकहरुलाई निःशुल्क औषधीसहित स्वास्थ्य सेवा उपचारको समेत घरघरमा व्यवस्था गरेको छ भने गाउँपालिका अध्यक्ष ज्येष्ठ नागरिक कार्यक्रम लागु गर्ने योजना अघि सारिएको छ ।

 

  • १२ माघ २०७७, सोमबार प्रकाशित

  • Nabintech