सहजकर्ता हरिजनको मृत्यु, गाउँपालिकाद्वारा शोक व्यक्त

असल शासन प्रतिनिधि

नेपालगन्ज– बाँकेको डुडुवा गाउँपालिकामा सहजकर्ताको रुपमा कार्यरत राजेश हरिजनको मृत्यु भएको छ । गाउँपालिका कार्यालय अन्तर्गत स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रको सहजकर्ताको पदमा कार्यरत हरिजनको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको हो ।
मुटु रोगबाट ग्रसित २४ वर्षीय हरिजन डुडुवा गाउँपालिका वडा नम्बर ३ मा बासिन्दा हुन् । उनको आइतबार राति ११ बजे निधन भएको थियो । यसैबीच हरिजनको असमायिक निधनप्रति डुडुवा गाउँपालिकाले शोक व्यक्त गरेको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीद्वारा हस्ताक्षरित वक्तव्यमा शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
हरिजनको सोमबार हिन्दु धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ ।

  • १२ माघ २०७७, सोमबार प्रकाशित

  • Nabintech