गोरुहरु सहित ट्रक नियन्त्रणमा

असल शासन प्रतिनिधि

बाँके/भारतबाट नेपाल हुँदै बांलादेशतर्फ तस्करी हुन लागेका गोरुहरु बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।

चोरी, पैठारी, निकासी तथा अबैध मालसामानहरु ओसार पसार कार्यहरु रोकथाम तथा नियन्त्रण गर्ने क्रममा माघ ११ गते राती ईलाका प्रहरी कार्यालय कुसुमले ट्रक सहित गोरुहरु नियन्त्रणमा लिएको हो ।

राती पौने बाह्र बजे राप्तीसोनारी गाउँपालिका वडा नम्वर १ सौंरी नजिकको सडक बाटोमा अबैध रुपमा ना. ६ ख. १००३ नम्वरको ट्रकमा गोरुहरु लोड गर्ने क्रममा ईलाका प्रहरी कर्यालय कुसुमबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले आवश्यक कारवाहीको लागि ट्रक सहित तीन वटा गोरुहरु भन्सार कार्यालय नेपालगञ्जमा बुझाएको छ । नियन्त्रणमा लिने क्रममा अन्य गोरुहरु भागेको बताईएको छ ।

 

  • १३ माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech