मेयर राणाद्वारा लाठी समितिलाई ५० हजार सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज–नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शमशेर राणाले एक महिनाको तलब भत्ता बराबरको ५० हजार रुपैयाँ जयश्रीराम स्पोर्टद्वारा सञ्चालित जय श्रीराम शक्ति दल लाठी समितिलाई प्रदान गरेका छन् । नगर प्रमुख राणाले एक महिनाको तलब भत्ताबापतको चेक समितिका अध्यक्ष राजकुमार वैश्यलगायतलाई हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा नगर प्रमुख राणाले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा काम गर्ने संस्था तथा समितिलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनको प्रतिबद्धता अनुरुप यसअघि पनि विभिन्न समिति, संस्था तथा विपन्न वर्गहरुलाई सहयोग प्रदान गर्दै आएका छन् । सहयोग प्रदान कार्यक्रममा राप्रपा बाकेका अध्यक्ष नरेन्द्र पौडेल, समितिका सुशीलकुमार कमललगायतले बोलेका थिए । उनीहरुले नेपालगन्जबाट मेयर धवल शमशेर राणाले सुरु गरेको प्रयास अन्य क्षेत्रमा पनि हुन जरूरी रहेको बताएका थिए । कार्यक्रममा राप्रपाका नेता ओमप्रकाश आजाद, तेजविक्रम शाह, वडा नम्बर ८ का वडाध्यक्ष सुरेन्द्र गुप्तालगायतको सहभागिता थियो ।

  • १३ माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech