दुई फरार अभियुक्त पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज– जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना भई फरार रहेका दुई अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा चोरी मुद्दामा फरार रहेका मातादिन कादु र बहुविवाह मुद्दामा फरार रहेका बिनाकुमारी खटिक रहेका छन् ।
मातादिन कादुलाई २०७७ कात्तिक २२ गते जिल्ला अदालत बाँकेले १ वर्ष ११ महिना ०२ दिन कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय गरेको थियो । जानकी गाउँपालिका २ नेवाजी गाउँ बस्ने ५१ वर्षीय कादुलाई मंगलबार पक्राउ गरी बाँके प्रहरीले सार्वजनिक गरेको हो ।

त्यस्तै बहुविवाह मुद्दामा २०७७ कात्तिक २० गते जिल्ला अदालत बाँकेबाट ११ महिना १२ दिन कैज सजाय तोकिएकी खजुरा गाउँपालिका उढरापुरकी २१ वर्षीया बिना कुमारी खटिकलाई मंगलबार पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ परेका दुवैलाई जिल्ला अदालत बाँकेमा बुझाइएको छ ।
फरार रहेका अभियुक्त पक्राउ गर्ने अभियान चालेको जिल्ला प्रहरी कार्यालयले हालसम्म ५१२ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

  • १३ माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech