‘ब्राउनसुगर’सहित होमबहादुर पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज– ब्राउनसुगरसहित प्रहरीले होमबहादुर सार्कीलाई पक्राउ गरेको छ । सोमबार राति नेपाल–भारत सीमा जमुनाहाबाट १ ग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।
कोहलपुर नगरपालिका वडा नम्बर ५ रझेना निवासी २२ वर्षीय सार्कीलाई शंका लागेपछि चेकजाँच गर्दा रातो प्लाष्टिकमा पुडिया बनाई राखेको ब्राउन सुगर जस्तो धुलोको १ पुडियासहित इलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको प्रहरीले टोलीले फेला पारेको थियो ।

होमबहादुर सार्कीबाट प्रहरीले बरामद गरेको पुडिया ।

  • १३ माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech