रोटरीद्वारा सुरक्षा पाेस्टलाई सरसफाइ सामग्री सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज–रोटरी क्लब अफ सेन्ट्रल बाँकेले बिहीबार नेपालगन्जस्थित भैरवप्रसाद सुरक्षा पोस्ट चारबाहिनीलाई सरसफाइ सामाग्री सहयोग गरेको छ । कोरोनाबाट जोगिन सरसफाइमा सहज होस् भन्ने उद्देश्यले १ हजार लिटरको खानेपानी ट्याङ्की र केही मास्क सहयोग गरेको हो ।
एक कार्यक्रमका बीच रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष डा.कुमार शान शाहले भैरव सुरक्षा पोस्ट चारबाहीनीका जम्दार रामचन्द्र चौधरीलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तण कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष डा. कुमार शान शाहले कोरोनाका कारण ज्यान गुमाउनेको अन्त्येष्टि गरेर फर्किसकेपछि सरसफाइमा सहयोग होस् भन्ने उद्देश्यले संस्थाले यो कामको सुरुवात गरिएको बताए । साथै उनले मानव स्वास्थ्यलाई लक्षित गर्दै संस्थाले विविध योजना बनाएकोसमेत बताए ।

  • १५ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech