समाललाई पुनः अध्यक्ष बनाउन माग गर्दै नाराबाजी

रुक्मिणीको व्यवस्थापन समिती गठन प्रक्रिया स्थगित

असल शासन प्रतिनिधि

रुकुम पूर्व, माघ १६ । रुक्मिणी माध्यामिक बिद्यालय रुकुमकोटको नयाँ व्यवस्थापन समिति गठनका लागि बिहिबार देखि सुरु प्रक्रिया माघ २२ गते सम्म स्थगित गरिएको छ ।

अभिभावक भेलाबाट व्यवस्थापन समितिका नयाँ अध्यक्ष छान्ने प्रक्रिया सर्व सम्मत हुन नसकेपछि सहमतिको वातावरण बनाउन माघ २२ गते सम्म स्थगित गरिएको बताईएको छ । चार जनाले अध्यक्ष पदको लागि उमेद्वारी दर्ता गराएका थिए । तर, सहभागी अभिभावक र बिद्यार्थीहरुले निवर्तमान अध्यक्ष केशव चन्द्र समालको पक्षमा नाराबाजि गरेका थिए । उनीहरुले बिद्यालयको सुधारको लागि अहोरात्र खटिएर बिद्यालयको हित गरेको भन्दै समाललाई फेरि अध्यक्ष बनाईनुपर्ने माग राख्दै नारा लगाएका थिए ।

अध्यक्ष छनोटको लागि सिस्ने गाउँपालिका ५ का ओम प्रकाश थापा, वसन्त प्रताप बि.सि., मदन बि.सि. र निवर्तमान अध्यक्ष केशवचन्द्र समालको उमेद्वारी परेको थियो । सहमतिमा अध्यक्ष चयन गर्नको लागि आन्तरिक छलफल चलिरहेको बेला अभिभावक र बिद्यार्थीले समाललाई निशर्त फेरि अध्यक्ष बनाईनु पर्ने भन्दै नाराबाजि गरेका थिए । उनीहरुले ‘हामीलाई पुरानै अध्यक्ष चाहिन्छ, अध्यक्ष फेर्न पाईदैन अरु अध्यक्ष चाहिदैन, बिद्यालयमा राजनीति गर्न पर्न पाईदैन’ भन्दै नारा घन्काएका थिए । बिद्यालयको दुई कार्यकाल अध्यक्ष भएर अभिभावक र बिद्यार्थीहरुको मन जित्न सफल समालले थुप्रै उदाहरणिय काम गरेको अभिभावकहरुले बताएका छन् ।

भेलाले व्यबस्थापन समिति गठनका लागि सिस्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख मंगलसेन बुढाको संयोजकत्वमा ३ सदस्यीय सहजिकरण समिति गठन गरेको छ । समितिको सदस्यमा बिद्यालयका प्रधानाध्यापक कृष्ण गौतम र वडा नम्वर ५ का अध्यक्ष शान्ते बहादुर बिक रहनुभएको छ । उक्त सहजिकरण समितिले सहमतिको लागि माघ २२ पुन गठन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

  • १६ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech