नेपाल–भारत सीमानाका खुल्दै

असल शासन प्रतिनिधि

नेपालगन्ज– कोरोना भाइरसका कारण बन्द रहेका नेपाल–भारतका सीमा नाका खुल्ने भएका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले बन्द गरेका ३० सीमानाका खोल्ने भएको हो । मन्त्रीपरिषद् बैठकले भारत तथा चीन तर्फका नाका खोल्ने निर्णय गरेको छ । गृह मन्त्रालयले नाका खोल्ने निर्णयको सर्कुलर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गरेको छ ।

सरकारले यसअघि १४ नाका खोलेको थियो । जसमा १६ वटा थप गरिएको हो । नाका औपचारिक रुपमा खुलेपछि मापदण्डको पालना गर्दै सीमावर्ती बजारमा खरिद, बिक्रीका लागि नेपाली ओहोरदोहोर गर्न पाउने भएका छन् । खुलेका नाकाबाट नेपालीले निर्बाध र विदेशीले शर्तसहित पालना गरेर आवागमन गर्न पाउने छन् ।

  • १७ माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech