माउ हरिणको उद्धार

असल शासन प्रतिनिधि

नेपालगन्ज– कुकुरले लखेटिरहेको अवस्थामा एक माउ हरिणको उद्धार गरिएको छ ।  बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ स्थित जमुनाहाबाट उक्त हरिणको उद्धार स्थानीयले गरेका हुन् ।

उद्धारपश्चात घटनास्थल पुगेको सशस्त्र प्रहरी बल नरैनापुरको टोलीले गाउँपालिका अध्यक्ष मो. इस्तियाक अहमद शाहको उपस्थितिमा मुचुल्का गरी हरिणलाई सामुदायिक वनमा छाडिएको छ ।

गाउँपालिका अध्यक्ष शाह, इलाका वन कार्यालय वन रक्षक सुरजप्रसाद ठाकुर र राजेश श्रीवास्तवको रोहवरमा स्थानीय गाजी सामुदायिक वनमा उक्त हरिणलाई आइतबार दिउँसो छाडिएको स्थानीय अरुण यादवले जानकारी दिए ।

  • १८ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech