अत्यधिक चिसो बढेपछि नेपालगन्जका विद्यालय बन्द

असल शासन प्रतिनिधि

नेपालगन्ज–अत्यधिक चिसो बढेपछि नेपालगन्जका विद्यालय बन्द हुने भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । माघ १९ गतेदेखि लागू हुने गरी नेपालगन्जका विद्यालयलाई उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले पत्राचार गरेको छ ।

मौसम अनुकूल भइ घाम लागेको खण्डमा २२ गतेबाट विद्यालय सञ्चालन गर्ने तर हालको झै मौसम प्रतिकूल रहे माघ २३ गतेसम्म विद्यालय बन्द गर्न नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत सामुदायिक, संस्थागत र धार्मिक विद्यालयलाई महाशाखाले पत्राचार गरेको हो ।

  • १८ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech