कोहलपुर क्षेत्रका विद्यालय तीन दिनसम्म बन्द

असल शासन प्रतिनिधि

कोहलपुर–दिनप्रतिदिन चिसो बढ्दै गएपछि कोहलपुर नगरपालिका क्षेत्रका सबै विद्यालय तीन दिनका लागि बन्द गरिएको छ ।  चिसोका कारण विद्यालय जाने उमेरका बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि  कोहलपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा संयोजक तथा सामाजिक विकास समितिका संयोजक, शिक्षाक संघ, शिक्षकको पेसागत घटक, प्याब्सन, एनप्याब्सन र क्रिसाका अध्यक्ष/प्रतिनिधिहरुको संयुक्त उपस्थितिमा बसेको बैठकले नगर क्षेत्रभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले माघ १९ गतेदेखि लागू हुने गरी माघ २१ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न आह्वान गरेको हो ।

  • १८ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech