नरैनापुरले गर्‍यो सामाजिक परीक्षण

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाँकेको नरैनापुर गाँउपालिकाको सामाजिक परिक्षण कार्यक्रम गरिएको छ ।
नरैनापुर गाँउपालिकाको आर्थिक बर्ष २०७६/०७७ को सामाजिक परिक्षण कार्यक्रम अन्तरगत प्रारम्भिक प्रतिबेदन प्रस्तुतीकरण कार्यक्रम बासको सहजिकरणमा माघ १८ गते सम्पन्न भएको हो ।
नरैनापुर गाँउपालिकाका प्रमुख इस्तियाक अहमद शाहको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक परिक्षणको प्रक्रिया अनुरुप प्राप्त तथ्यहरु सहितको प्रतिबेदन प्रस्तुतीकरण गरिएको थियो । बासका निर्देशक तथा सामाजिक परिक्षक हेमराज भट्टले गाँउपालिकाको आर्थिक बर्ष २०७६/०७७ को प्रगति, सामाग्री अध्ययन, शाखा प्रमुखसंगको अन्तरवार्ता, जनप्रतिनिधिहरुसँगको भेटघाट, स्थलगत अवलोकन, विभिन्न योजनाको अवलोकन तथा लक्षित समुहसँगको छलफलबाट प्राप्त तथ्यांक, नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत पत्र लगायत विधिबाट प्राप्त तथ्यको आधारमा प्रारम्भिक प्रतिबेदन तयार गरि प्रस्तुत गरेका थिए ।

यसरी प्रस्तुत गरिएको प्रतिबेदन माथि छलफल पश्चात कार्यक्रममा उपस्थिती सरोकारवालाहरुले गाँउपालिका विगतका बर्ष भन्दा व्यवस्थित हुदै गएको भन्दै आवश्यक पृष्ठपोषण दिएका थिए । कार्यक्रममा नरैनापुर गाँउपालिकाका प्रमुख इस्तियाक अहमद शाहले प्रतिबेदनले गाँउपालिकाको अवस्थाको उजागर गरेको बताए । उनले प्रतिबेदनले देखाएका सुधार गर्नुपर्ने कुरामा गाँउपालिकाले प्राथमिकताका साथ लिने प्रतिबद्धता गरे । यसैगरी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजङ्ग शाहीले गाँउपालिकाको पारदिर्शता र सुशासनको महत्वपूर्ण औजारको रुपमा सामाजिक परिक्षण रहेको भन्दै सामाजिक परिक्षणले देखाएको बिषयमा गाँउपालिकाले सुधार गर्दै जाने बताए । उनले हरेक क्रियाकलाप पारदर्शि रुपमा अगाडी बढाउने तर्फ गाँउपालिका ध्यान दिदै आएको बताए । कार्यक्रममा बोल्दै वडा नम्बर ३ का अध्यक्ष राज कुमार मौर्यले सामाजिक परिक्षण गाँउपालिकाको महत्वपूर्ण कार्यक्रम रहेको भन्दै परिक्षणको प्रतिबेदनले देखाएका तथ्यलाई ध्यानमा राख्नुपर्नेमा जोड दिएका थिए ।


बासका केन्द्रीय महासचिब शिब कुमार बर्माले सञ्चालन गरेको कार्यक्रममा गाँउपालिका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख लगायत स्थानीय सरोकारवाला गरि ४० बढीको सहभागिता रहेको थियो ।

  • १८ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech