कक्षा १२ को परिक्षाफल सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने

असल शासन प्रतिनिधि

नेपालगन्ज / कोरोना सक्रमणका कारण मंसिरमा भएको कक्षा १२ को परिक्षाको नतिजा आज सार्वजनिक भएको छ ।

मंसिर ९ गतेदेखि भएको परिक्षाको नतिजा प्रकाशन गरेको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र लिइएको परिक्षा कक्षा ११ को थप ४० प्रतिशत र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशन गरिएको छ ।

देशभरबाट चार लाख ३२ हजार परिक्षार्थी सहभागी भएको परिक्षाको प्रकाशित नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

  • १९ माघ २०७७, सोमबार प्रकाशित

  • Nabintech