किशोरीलाई प्रजनन् स्वास्थ्यको ज्ञान बाड्दै ओजस्वी

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० की ओजस्वी जोशी बिद्यालयमा अध्ययनरत छात्रालाई यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी ज्ञान बाढ्दै हिडेकी छिन् ।
किशोरावस्थामा आउने परिवर्तन र ब्यवस्थापनका बिषयमा छात्रालाई सहभागि गराई बिशेष कक्षा सञ्चालन गर्दै आएकी छिन् । किशोराअवस्थामा आउने शारिरिक, मानसिक तथा भावनात्मक परिवर्तनलाई कसरी थाहा पाउने र त्यसको बयवस्थापन कसरी गर्ने भन्ने बिषयमा केन्द्रीत रही कक्षा सञ्चालन गर्ने सहजकर्ता जोशीले बताईन् ।


नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित सरस्वती माबिबाट पहिलो चरणको शुरुवात गरेकोमा हाल सम्म नेपालगन्ज १० कै हनुमान, शारदा बिद्यालय, वडा नम्बर ४ को कन्या बिद्यालय र धम्बोझी माबि गरि पाँच ओटा बिद्यालयका कक्षा ५ देखि १० सम्म अध्ययनरत दुई सय दश जना छात्रा कार्यशालामा सहभागि भईसकेको उनले बताईन् ।
कार्यशालामा महिनावारि स्वच्छता र किशोर गर्भावस्थाको बारेमा विभिन्न प्रयोगात्मक विधिबाट प्रशिक्षण गर्दै आएको र उनीहरुका समस्या उनीहरुबाटै सुन्ने गरेको सहजकर्ता जोशीले बताईन् । कार्यशालामा छात्राको सहभागिता मात्रै हुने भएकाले खुलेर आफ्नो समस्या राख्ने गरेको उनको भनाई थियो । यसरी सञ्चालीत कार्यशाला नियमित रुपमा चलिरहेको बताउदै यसले किशोरीले यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारका बारेमा प्रयाप्त ज्ञान हासिल विश्वास उनको छ । कार्यक्रम नियमित रुपमा सञ्चालन गरिरहने बताउदै अभियानमा बासका स्वयम् सेवक शुसिला थारुले सहयोग गरिरहेको उनले बताईन् ।


कार्यक्रम बास नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्तरीय इकाईको आयोजना, बास केन्द्रीय कार्यालयको सहयोग र भिजिवल इम्पेक्टको सहकार्यमा सञ्चालन भईरहेको छ ।

  • १९ माघ २०७७, सोमबार प्रकाशित

  • Nabintech