ज्ञानेन्द्र शाहीको समूहद्वारा डाक्टर माथि हातपात

असल शासन प्रतिनिधि

नेपालगन्ज/भेरी अस्पताल नेपालगन्जमा कार्यरत चिकित्सक माथि सोमवार दुर्व्यवहार भएको छ ।

भ्रष्टाचार बिरुद्धको अभियन्ता बताउने ज्ञानेन्द्र शाही नेतृत्वको समूहले अस्पतालको गतिबिधि बुझ्ने भन्दै अस्पतालको डियुटीमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको हो ।

घटनाका बारेमा बुझ्नका लागि पुगेका फिजिसियन डा. विपिन आचार्यमाथि उक्त समूहले हातपात गरेको छ । डाक्टर आचार्यको कठाला समाते पछि स्थिती तनाबपूर्ण भएको थियो ।

स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरे लगत्तै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, अभियानका नाममा बिभिन्न कार्यालयहरुमा गई सोधपुछ गर्ने समूहका बारेमा बुझ्ने कार्य भईरहेको छ ।

घटनाबारे डा. आचार्यले अभियानका नाममा दुव्र्यवहार गर्नु गलत भएको बताए ।

घटनाको नेपाल चिकित्सक संघ भेरी शाखाले बिरोध जनाएको छ । आफुलाई स्व.घोषित सामाजिक अभियान्ता भन्ने ज्ञानेन्द्र शाही र उनका आसेपासेहरूबाट सोमबार भेरी अस्पतालमा चिकित्सक र नर्सिङ्ग स्टाफ माथि गरेको दुव्र्यवहार तथा हातपातप्रति ध्यानाकर्षण भएकोछ– संघका अध्यक्ष डा.बिनोद कर्णले जारी गरेको बिज्ञप्तीमा वर्तमान विश्व महामारीको रूपमा फैलिएको कोभिड १९ को समेत कुनै प्रवाह नगरी आफ्नो चिकित्सकीय मर्यादा पालना गर्दा गर्दै चिकित्सक र नर्सिङ कर्मचारीलाई नै हातापत गर्ने प्रवृतिले चिकित्सकीय पेशा असुरक्षित हुन पुगेको उल्लेख छ ।

संघले घटनाका दोषी ज्ञानेन्द्र शाही र उनका आसेपासेहरुलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कानूनी कारवाही गर्न माग गरेको छ ।

  • १९ माघ २०७७, सोमबार प्रकाशित

  • Nabintech