अनियन्त्रित टिप्परले बिजुलीको पोल ढालेपछि…

असल शासन प्रतिनिधि

नेपालगन्ज–ओभर स्पीडका कारण अनियन्त्रित भएको टिप्परले बिजुलीको पोल ढाल्दा सडक अवरुद्ध भएको छ । कोहलपुरदेखि नेपालगन्जतर्फ आइरहेको ना१क ५७०१को टिप्परले चारलेन सडकको बीच भागमा रहेको पोल ढालिदिँदा नेपालगन्ज कोहलपुर वन वे सडक खण्ड अवरुद्ध भएको हो ।

ओभर स्पिडमा रहेको टिप्परले चारलेन छुट्टयाउने बीच भागमा रहेको बिजुलीको पोललाई ठक्कर दिँदा चालक सामान्य घाइते भएका छन् । घटना राँझा चोकदेखि ५ मिटर पूर्वमा भएको हो । मानिसको चहलपहल नभएको ठाउँमा भएको घटनाका कारण मानवीय क्षति भने भएन् । तर पछिल्लो समय ओभर स्पिडका कारण अन्यन्त्रित टिप्परले धेरैको ज्यान लिएको छ ।

  • २० माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech