नायिका मनिषाको घरमा युवकले गरे आत्महत्या

असल शासन प्रतिनिधि

नेपालगन्ज– नायिका मनिषा कोइरालाको घरमा मंगलबार एक युवकले आत्म हत्या गरेका छन् ।  नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ विद्युत रोडमा अवस्थित नायिका कोइरालाको घरमा भाडामा बस्दै आएका २७ वर्षीय सरोज भण्डारी आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

नेपालगन्ज, धम्बोजीमा घर भएका भण्डारी विगत केही समयदेखि नायिका कोइरालाको घरमा भाडामा बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको बॉके प्रहरीले जनाएको छ ।

  • २० माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech