एकल पुरुषलाई मासिक ५ सय रुपैयाँ

असल शासन प्रतिनिधि

दैलेख– अब एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । यसरी भत्ता पाउनेमा डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुष रहेका छन् । गाउँपालिकाका एकल पुरुषले पटकपटक भत्ता पाउनु पर्ने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो ।

गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ताबापत मासिक ५ सय रुपैयाँ दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिए । यसरी वितरण गरिने भत्ता ३ देखि ६ महिनाको अवधिमा वितरण गरिने छ ।

  • २० माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech